१० असार २०८३, बुधबार

धार्मिक महोत्सवबाट दुई करोड बढी संकलन

कात्तिक २०, २०७४
धार्मिक महोत्सवबाट दुई करोड बढी संकलन

खोटाङ, १३ चैत– दिक्तेल बहुमुखी क्याम्पस सञ्चालनार्थ दिक्तेल माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।

क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार दुई करोड १७ लाख ३१ हजार ३३१ रुपैयाँ सङ्कलन भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले जानकारी दिए ।

विसं २०३७ मा स्थापित क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस प्रमुख डा शुकराज राईले बताए । महोत्सवमा संकलनकर्ता गोविन्दशरण महाराजजी र मीरादेवीले प्रवचन दिएका थिए ।

त्रिविको सम्बन्धनमा २०७० सालदेखि पहिलो पल्ट मानविकी संकायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएकामा महोत्सवबाट जम्मा भएको रकमले अन्य संकायतर्फका विषय थप गरिने जनाइएको छ । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा अहिले भौतिक पूर्वाधार अभावमा पठनपाठनमा समस्या देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्