२५ जेठ २०८३, सोमबार

पेरिसको आकाशमा उडे यी व्यक्ति, सबै हेरेको हेर्‍यै (भिडियो)

पेरिसको आकाशमा उडे यी व्यक्ति, सबै हेरेको हेर्‍यै (भिडियो)

काठमाडौं – आइतवार पेरिसमा बेस्टिल डेको उत्सव मनाइएको छ । उक्त समारोहमा एक मानिसमा सबैजनाको नजर परेको थियो ।

उनी मशिनगन लिएर हावामा यताउता गश्ती गरिरहेका थिए । 

एउटा सानो वाहनमा चढेर उनी उताउता गरिरहेका थिए । खासमा त्यो जेट पावर्ड एरियल भेहिकल थियो र त्यसलाई आविष्कारक फ्र्यांकी जपाटाले उडाइरहेका थिए । जपाटाले आफ्नो वाहनलाई फ्लाइङ बोर्ड भन्ने गरेका छन् । 

फ्रान्स स्पेसल फोर्सेसले फ्लाईबार्डलाई आफ्नो योधागारमा समावेश गर्ने सोच बनाइरहेको छ । 

बेस्टिल डे फ्रान्सको राष्ट्रिय दिवस हो । उक्त दिवसको समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जर्मनीकी चान्सलर एंगेला मर्कल लगायत नेताहरू थिए । म्याक्रों फ्लाइङ सोल्जरबाट निकै प्रभावित भए । उनले एक भिडियो पनि शेयर गरेर क्याप्सनमा लेखे, ‘हामीलाई आफ्नो सेनाप्रति गर्व छ । यो आधुनिक र इन्नोभेटिभ छ ।’

यो फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघन्टाको गतिमा हावामा उड्न सक्छ । यसको टप स्पीड २०० किलोमिटर प्रतिघन्टा छ । 

यसले १०० किलोग्राम तौलका साथ १० मिनेटका लागि १५० मिटरको उचाइसम्म उड्न सक्छ । तर यसको अधिकतम सीमा यसभन्दा बढी छ । 

फ्लाईबार्डको मूल्य दुई लाख ५० हजार डलर छ । 

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्