काठमाडौं – रुसको राजधानी मस्कोमा आइतवार नाइट साइक्लिङ फेस्टिभल मनाइएको छ ।
त्यसमा शहरका १५ हजारभन्दा बढी साइक्लिस्टले भाग लिए । फेस्टिभलको उद्देश्य थियो– मानिसहरू महिनाको एक दिन वाहन छोडेर साइकल चलाउन प्रेरित हुन् ।
वर्षको एकपटक आयोजना गरिने यो महोत्सवमा २६ सय २० व्यक्तिहरू एकैपटक उभिएर ‘मानव साइकल’ बनाएर विश्व कीर्तिमान बनाए ।
यसलाई गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गरिएको छ । बेलायतमा सन् २०१७ मा ११ सय ४८ मानिसले बनाएको रेकर्ड तोडिएको छ ।
नाइट साइक्लिङ फेस्टिभलमा १५ हजारजना सहभागी भए ।
एजेन्सी