काठमाडौं – अस्ट्रेलियाको सिड्नीमा १० देखि १४ वर्ष उमेरका चार बालबालिका आफैं गाडी चलाएर देशभ्रमणमा निस्किए । बालबालिकाले यस भ्रमणको लामै योजना बनाएका थिए ।
सबैले आफ्नो भ्रमणलाई पिकनिकको जस्तो प्लान गरेका थिए । उनीहरूले घरबाट पैसा र माछा मार्ने बल्छी पनि चोरेर लगेका थिए ।
प्रहरीले उनीहरूलाई घरबाट एक हजार किलोमिटर पर न्यु साउथ वेल्सनजिक ग्राफ्टनमा समातेको थियो ।
पक्राउ परेका बालबालिकामा तीन बालक र एक बालिका थिए । सबभन्दा ठूलो १४ वर्षको अनि सबभन्दा कम १० वर्षको पाइयो ।
एक बालकले गाडी लग्नुअघि परिवारलाई पिकनिक ट्रिपको जानकारी दिने गरी नोट छोडेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई समात्न कोशिश गरेको थियो ।
बालबालिकाले बनाना शहरमा पेट्रोल चोर्ने कोशिश गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा हतारमा बच्चाहरूले आफूलाई गाडीभित्रै थुने । अनि मेकानिकले ढोका फोरियो र चारैजनालाई पक्राउ गरियो ।
डिस्ट्रिक्ट पुलिस इन्सपेक्टर ड्यारेन विलियम्सले मिडियासँगको कुराकानीमा गाडी शुक्रवार चोरी भएको बताए । दुई दिनसम्म कसले ड्राइभ गरेको हो भन्ने थाहा नभएको तर दुई बच्चाले पालैपालो स्टेयरिङ घुमाएको अनुमान गरिएको छ । कसैलाई चोटपटक नलागेको विलियम्सले बताए ।
एजेन्सी