
काठमाडौं – भारतको गुजरातस्थित अहमदाबादमा रमाइलो मेलामा राखिएको रोटेपिङको तार चुँडिदा दुईजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
घटना बालवाटिका रमाइलो मेलामा आइतवार भएको हो ।
खतरनाक भिडियोमा पेन्डुलम जस्तो गरी घुमिरहेको रोटेपिङको तार चुँडिएपछि २० फीटमाथिबाट खसेको देखिन्छ।
कुल ३१ जना रोटेपिङमा चढेका थिए र दुईजना मारिएका छन् ।
फूटेजमा उद्धार अधिकारीहरू घाइते मानिसहरूलाई तानेको देखिन्छ ।
मृतकको नाम मनाली राजवाडी र मोहम्मद जैद मोमिन हो हो । घाइते भएका २९ मध्ये तीनजनाको स्थिति गम्भीर छ ।
घटना अपराह्न ५ः४० मा भएको थियो । घटना भएपछि पार्क अधिकारीहरूले मानिसहरू हटाएर ठाउँ खाली गराएका थिए ।
अधिकारीहरूका अनुसार, रोटेपिङ बनाउने सम्झौता सुपरस्टार अम्युजमेन्ट प्राइभेट लिमिटेडले पाएको थियो ।
उक्त संस्थाका प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
एजेन्सी