
काठमाडौं, १३ चैत — भारतीय जनता पार्टीका सांसद विक्रम सैनीले विवादास्पद बयान दिएका छन् ।
‘वन्दे मातरम् बोल्न संकोच गर्ने, गौमातालाई नमान्ने र उनको हत्या गर्ने मानिसको हातगोडा भाँच्न लगाउँछु,’ उनले भने । खतौली सिटबाट चुनाव जितेका सैनीले मन्त्री सुरेश राणाको स्वागत गर्न शनिवार आयोजित समारोहमा यस्तो बयान दिएका हुन् ।
सैनीले पार्टी कार्यकर्तासँग भने, ‘मसँग युवाहरूको टोली छ । यो टोलीले पाकिस्तान र चीनसँग भारतको युद्ध भयो भने तलबै नलिई सीमामा गएर लड्छ अनि म पनि साथ दिन्छु ।’
‘कानून तिमीहरू जान्दछौ होला, म त पढेलेखेको मान्छे पनि हैन,’ उनले थपे ।
यसबीचमा राणा तथा पार्टीका अन्य नेताले सैनीलाई रोक्न खुबै कोशिश गरे तर उनी बोलिरहे । पछि उनलाई भाषण टुंग्याउन लगाइयो ।
यसअघि पनि सैनीले उत्तेजक भाषण दिएका थिए ।
दैनिक भास्करबाट