
काठमाडौं – दक्षिण अफ्रिकामा जंगल सफारी गर्न गएका पर्यटकहरूको एक समूहमाथि हात्तीले आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ ।
हात्तीले पर्यटक चढेको जीपमा आक्रमण गरेको हो । पर्यटकहरू जीप चढेर उक्त क्षेत्रको भ्रमण गरिरहेका थिए ।
हात्तीले लगातार आक्रमण गर्न थालेपछि जीपचालकले बाटोबाट अन्तै लग्न खोजेको देखिन्छ ।
यो सबै घटना हुँदा पर्यटकहरू भने शान्त बसे अनि कसैकसैले त भिडियो समेत खिचे ।
रेड्डिटमा भिडियो शेयर गरिएको थियो र प्रयोगकर्ताहरूले चालकको क्षमताको प्रशंसा गरे ।
जीपको पछाडि बस्नेहरूले चालकलाई निर्देशक दिए अनि ब्याक गरेर चलाउँदा बाटोमा के के बाधा अवरोध छन् भनी वर्णन गरेर सहायता गरे ।
पर्यटकहरू सुरक्षित ठाउँमा पुगेको देखिनुअघि भिडियो टुंगिन्छ ।
एजेन्सी