२६ जेठ २०८३, मंगलबार

प्रहरी सुतेको मौका छोपेर गाडीबाट भागे कैदी (भिडियो)

प्रहरी सुतेको मौका छोपेर गाडीबाट भागे कैदी (भिडियो)

काठमाडौं – अर्जेन्टिनामा एक कैदी प्रहरीको गाडीबाट भाग्न सफल भएका छन् । उनलाई पहरा दिएका दुई प्रहरी अगाडिको सीटमा सुतेपछि कैदी भाग्न सफल भएका थिए । 

फ्रान्को एन्टोनियो आल्डेरेटेलाई शनिवार राजधानी ब्यूनर्स आयर्समा पक्राउ गरिएको थियो । उनीमाथि डकैतीको आरोप लागेको थियो । 

बानफील्डमा रहेको एक अदालत भवनमा रहेको सीसीटीभी क्यामरामा देखिएअनुसार आल्डेरेटे दुई प्रहरीलाई नजगाइकन गाडीबाट शान्त भएर निस्केको देखिन्छ । घटना स्थानीय समयअनुसार बिहान ४ः३७ मा भएको हो । 

अर्जेन्टिनाको स्थानीय सञ्चारमाध्यमले दिएको रिपोर्टअनुसार, आल्डेरेटे लेफ्टिनेन्ट एन्जल रोस्सी र सर्जेन्ट निकोलास काब्रेराको कस्टडीमा थिए । उनलाई लोमास दे जमोरा अदालतको कैदी यातायात कर्मचारीलाई बुझाउने जिम्मेवारी उनीहरूमा थियो । 

फूटेजमा देखिएअनुसार, आल्डेरेटेले पछाडिको देब्रेतर्फको ढोका बिस्तारै खोलेको देखिन्छ । 

गाडीबाट निस्केपछि उनले छिटो पाइला चलाएको अनि दौडेको देखिन्छ । 

प्रहरीले लापरवाही गरेकोले आल्डेरेटे भागेका हुन् कि उनीहरूले उनलाई भगाउन भूमिका खेलेका हुन् भनी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । 

आल्डेरेटे मंगलवार बिहानसम्म पनि पक्राउ परेका छैनन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्