२९ जेठ २०८३, शुक्रबार

पोशाक नलगाउने कर्मचारी पनि कारवाहीका लागि सिफारिसमा

पोशाक नलगाउने कर्मचारी पनि कारवाहीका लागि सिफारिसमा

काठमाडौँ - राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५ सय ६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले समयपालना नगर्ने एक हजार ९ सय ६१ र तोकिएको पोशाक नलगाउने ६ सय ४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।

केन्द्रले गत आवमा ५२ जिल्लाका ९ सय ८० कार्यालयमा अनुगमन गरेको थियो । यसैगरी ९ सय ४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको छ ।

केन्द्रले आव २०७४/७५ मा ५४ जिल्लाका एक हजार १४० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ७०३ र तोकिएको पोशाक नलगाउने ६१४ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्