२६ जेठ २०८३, मंगलबार

अस्तित्व रक्षा (छन्द कविता)

साउन २, २०७६
अस्तित्व रक्षा (छन्द कविता)

रमेश भट्टराई ‘सहृदयी’

टोकेरै घरको कवित्व मरि ‘गो आमा भइन् दुर्बल
भाषा भेष बने ढलेर घरमै बेछन्द ती निर्बल 
ती भक्तै कवि भानु आज सुनिए एकै दिन हो यहाँ
फालेरै सब धर्म, पर्व घरको बड्डे मनाए जहाँ ।। 

    मासेरै अति गर्व संस्कृति यहाँ ढोङी र सोखी बने
    आफ्नो के अब भो र गर्व गरुँ खै मासेर जोगी बने
    भारो पर्म गरेर गाउँ समता के जात के भेद हो ?
    पल्टन्छन् समयै छ प्रेम रसमा हेपिन्न संसार यो ।।

हामी एक भए त हेप्न कसले सक्ला र दुब्ला अरु
जोगिन्छन् सब स्वाभिमान र उँचो नेपाली रङ्गै भरुँ
आमा हुन् मनकी दयालु घरकी भाषा त श्रृङ्गार ‘थ्यो
राष्टै«मा गरिमा डुबेर कसरी बाँचिन्छ भन्ने भयो ।। 

    पर्खालै ठडिए, विभेद गरिए राम्रा लडाए भने
    हाम्राले मिहिनेत गर्नु किन हो झोले झण्डे बने
    शोसेरै क्षमता विभेद तनखा के योग्य छान्ने सब !
    देऊ भो तनखा म चित्त सहुँला भो खान्न रोई अब ।।       

मेरै स्वार्थ सबै नभन्न मनमा स्वच्छन्द सोच्छन् तब
शिक्षाले अधिकार दिन्छ जनमा ती दीन खोजी जब 
आफ्नो त्यो पहिचान चिन्न जसले एकत्व एकत्व भै
नेपाली जनको सप्रेम मनको जोगिन्छ अस्तित्व नै ।।    

(छन्द : शार्दूलविक्रीडित)
 

salt training

कमेन्ट गर्नुहोस्