१२ असार २०८३, शुक्रबार

जानिराख्नुस्, कुन खानेकुरा कहाँबाट आयो ?

कात्तिक २०, २०७४
जानिराख्नुस्, कुन खानेकुरा कहाँबाट आयो ?
हामीले खाने वस्तुहरू हुन त खेतबाटै आउने हुन् तर स्वदेशी खेत कि विदेशी भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । कुन खानेकुरा सबभन्दा पहिला कहाँ उब्जियो त ? आउनुस् यसको बारेमा केही जानौं ।


चामल

चामल त संसारभरि खाइन्छ । हसन त नेपालमा पनि धान उब्जिन्छ र चामल बन्छ तर खास चामलको उत्पत्ति चीनमा भएको हो । तपाईंलाई थाहा छैन होला, तर एक किलो चामल निकाल्न तीन हजारदेखि पाँच हजार लिटर पानी खर्च हुन्छ ।

गहुँ
गहुँका सबभन्दा ठूला उत्पादकहरू चीन, भारत, अमेरिका, रुस र फ्रान्स हुन् तर मूलतः गहुँ इराक, सिरिया र जोर्डनमा उत्पत्ति भएको थियो । यी इलाकामा सात हजार वर्ष पहिले गहुँ उत्पन्न भएको मानिन्छ ।

मकै
हुन त मकै संसारभरि खाइन्छ तर यो खासमा मेक्सिकोको उत्पादन हो । तपाईंलाई आश्चर्य लाग्ला तर १५ प्रतिशत मात्र मकै मानिसले खान मिल्छ भने बाँकी ८५ प्रतिशत जनावरलाई खुवाउनुपर्ने हुन्छ ।

आलु
हुन त भारत, चीन र रुस आलुका सबभन्दा ठूला उत्पादक हुन् तर यो खासमा दक्षिण अमेरिकाको एन्डीज क्षेत्रको उत्पादन हो । सोह्रौं शताब्दीमा स्पेनका योद्धाहरूले पेरुमा कब्जा गरेपछि त्यहाँ आलुको खोज भएको थियो र बिस्तारै यो युरोप हुँदै अन्त फैलियो ।

चिनी
उखुबाट चिनी बन्ने हो । उखु पूर्वी एसियाबाट आएको मानिन्छ । आजकल भने ब्राजिलमा सबभन्दा धेरै उखु फल्छ ।

कफी
कफी आजकलका मान्छेको प्रिय पेय पदार्थ हो । संसारका करीब साढे दुई करोड किसान कफीमा भर पर्छन् । खासमा कफी इथियोपियाबाट आएको हो ।

चिया
चिया पनि संसारभरिमै लोकप्रिय पेय पदार्थ हो । खासमा चिया चीनमा उत्पन्न भएको हो । अहिले चाहिँ नेपाल, भारत, केन्या र श्रीलंकामा चिया धेरै फलाइन्छ ।

केरा
केरा संसारभरिकै लोकप्रिय फल हो । केराको सबभन्दा ठूलो निर्यातक दक्षिण अमेरिकी र क्यारिबियाली देशहरू हुन् । तर खासमा केरा दक्षिणपूर्वी एसियाबाट आएको हो ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्