०५ असार २०८३, शुक्रबार

यस्ता तस्वीर जसले विश्वको ध्यान खिचे, तपाईंले हेर्न छुटाउनुभयो कि ?

कात्तिक २०, २०७४
यस्ता तस्वीर जसले विश्वको ध्यान खिचे, तपाईंले हेर्न छुटाउनुभयो कि ?
विश्वभरबाट केही यस्ता तस्वीरहरु तपाईंलाई देखाउँदै छौं जुन तस्वीरले विश्वको ध्यान आकर्षित गरेका थिए ।
न्यूजिल्याण्डको वाइकाटोमा हैमिल्टन लेकमा तातो हावाले भरिएको बेलुन उडाउने तयारी गरिएको छ ।
मानिसहरु अमेरिकी गितारवाधक तथा गीतकार चक बेरीलाई श्रद्धान्जली दिइरहेका छन् । उनलाई रक एण्ड रोलका पिता मान्छि । उनको ९० वर्षको उमेरमा निधन भएको थियो ।
भेनेजुएलाको राजधानी कराकासमा औषधि पसलको बाहिर नेप्किन लिनका लागि लाइनमा आफ्नो बच्चालाई काखमा लिएर उभिएका महिला । भेनेजुएला आवश्यक सामाग्रीको अभावको समस्याबाट गुज्रिरहेको छ । त्यहाँ अत्यावश्यक सामाग्रीका लागि घटौं लाइन बस्नु पर्ने अवस्था छ ।

१८ पांग्रे गाडीको क्याबमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । ट्रम्पले ह्वाइट हाउसको दक्षिणी लाइनमा ट्रक डाइवरसँग भेटघाट गरेका छन् । राष्ट्रपति ट्रम्प हेल्थकेयर प्रस्तावमाथि छलफल गरिरहेका थिए । जुन प्रस्ताव संसदबाट अस्विकृत गरिएको थियो ।
आइरिश राजनेता मार्टिन मैकगिनेसको अन्तयस्टि सेन्ट कोलम्बा चर्चको नजिक गरिएको छ । यो चर्च उनको जन्मस्थान लंडनडेरीको नजिक रहेको छ ।

इराकको बादुश गाउमा इराकी सैनिक तथा इस्लामिक स्टेटको लडाइका बीच जारी संघर्षमा यी किशोरीलाई आफ्नो घर छाडेर भाग्न परेको थियो । संयुक्त राष्ट्रसंघले चेतावनी दिएका छौं कि आउने हप्तामा तीन लाख २० हजार मानिस आफ्ना घर छाडेर भागेका अनुमान गरिएको छ ।
हिलोमा एक व्यक्ति फसेका छन् । यजरायलमा तेल अवीवमा १३ किलोमिटर लामो दौड यस्तो क्षेत्रमा हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्