
काठमाडौं – फिलिपिन्समा काठको काम गर्ने रोमुलो पिलापिललाई अनौठो रोग लागेपछि उनको अनुहार सुन्निएर तीनगुणा ठूलो भएको छ ।
उनलाई तीन वर्षअघि आँखा चिलाउने र सिँगान बग्ने समस्या भएपछि बिरामी परेका थिए ।
उनलाई साइनस भएको भन्दै औषधि दिइएको थियो तर दुई हप्तापछि पनि उनको अवस्था सुध्रिएन, उल्टो अनुहार सुन्निँदै गयो ।
लेते टापुमा उनको घर छ र त्यहाँका चिकित्सकहरूले रोग पत्ता नलागेपछि राजधानी मनिलामा उपचार गर्न उनलाई पठाएका थिए ।
तर परिवार गरीब भएकाले उनलाई मनिला पठाउन सकेन र उनको स्थिति झनै बिग्रिँदै गयो ।
उनको आँखाको ढकनी सुन्निएपछि उनले देख्न छोडे र काम गर्न पनि सकेनन् ।
उनले काम गर्न नसकेपछि उनका छोरीछोरीले पढाइ छोडेर जागिर खानुपरेको थियो । उनकी पत्नीले पनि सडक सफा गर्ने काम गर्नुपरेको थियो ।
रोमुलोले अन्तिमपटक सन् २०१८ मा चिकित्सकलाई भेटेका थिए तर चिकित्सकले केही गर्न सकेनन् ।
एजेन्सी