आन्द्राको क्यान्सर सबभन्दा धेरै पत्ता लाग्ने क्यान्सर हो । प्रत्येक वर्ष अमेरिकामा मात्र आन्द्राको क्यान्सरका ९५ हजार नयाँ केसहरू भेटिन्छन् र गुदद्वारको क्यान्सरका ४० हजार नयाँ केस देखिन्छन् । क्यान्सर पत्ता लागेकामध्ये आधीजसो रोगीहरू यसैको कारणले बित्छन् ।

यस्तो क्यान्सरमा सर्जरी वा केमोथेरापी जस्ता परम्परागत उपचारले खासै काम गर्दैनन् । अझ तिनको अनेकौं साइड इफेक्ट देखिन्छ ।
तर अमेरिकी वैज्ञानिकहरूले नरिवलको तेलमा रहेको लौरिक एसिडले क्यान्सर मार्ने तत्त्व रहेको पत्ता लगाएर एडिलेड विश्वविद्यालयको क्यान्सर रिसर्च जर्नलमा एक लेख प्रकाशित गरेका छन् । जम्मा दुई तीनमा लौरिक एसिडले ९० प्रतिशत क्यान्सर कोशिका मारेको पाइयो । यो परीक्षण सिलबन्द अवस्थामा पेट्री डिशमाथि गरिएको थियो र यो जीवित अर्गानिजममा गरिएको थिएन ।
नरिवलको तेलमा क्यान्सर मार्ने तत्त्व रहेको विषयमा थप अध्ययन गर्नका लागि आर्थिक अभाव रहेको छ । यही कारणले गर्दा औषधि कम्पनीहरूले यसमा त्यति रुचि देखाएका छैनन् ।
नरिवलको तेलका अन्य पनि धेरै सकारात्मक असर छन् । नरिवलको तेलमा भएको लौरिक एसिड स्तनको दूधको कम्पोनेन्ट पनि हो र यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
अमेरिकन सोसाइटी फर न्युट्रिसनका अनुसार धेरै अध्ययनहरूले नरिवलको तेलले धेरै अन्य रोगबाट सुरक्षा गर्ने र रोग मार्ने बताएका छन् । यसले हाडरोग, हेपाटाइटिस सी, हर्पिस जस्ता संक्रमण, गलब्लाडर संक्रमण, अल्झाइमर्स, दीर्घरोग र क्यान्सरबाट रक्षा गर्छ । अझ, नरिवल तेलले केमोथेरापीका साइड इफेक्टलाई पनि घटाउँछ ।
नरिवलको तेलले कपाल चम्काउने त छँदैछ, यसको अन्य पनि राम्रो असर हुने रहेछ ।
एजेन्सीको सहयोगमा