काठमाडौं, १३ चैत — दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई भारतीय जनता पार्टीले शनिवार कायरको संज्ञा दिएको छ । उनले श्रीलंका भ्रमण रद्द गरेपछि भाजपाको यो प्रतिक्रिया आएको हो ।

‘फिल्म खेल्नेहरू यस्तै हुन्छन् । तिनीहरूमा दम हुँदैन । सिनेमामा साहस देखाउनेहरू बाहिर चाहिँ डरपोक हुन्छन्,’ भाजपा नेता सुब्रहमण्यम स्वामीले बताए ।
तर कांग्रेसका नेता पीसी चाकोले श्रीलंकाको भ्रमण रद्द गर्नु रजनीकान्तको व्यक्तिगत निर्णय भएको धारणा राखे ।
तमिलहरूको विरोधपछि रजनीकान्तले श्रीलंका भ्रमण रद्द गरेका थिए ।
एजेन्सीको सहयोगमा