
बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकाको भुकाखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान ८:३० बजे बाजुराको पिलुचौरबाट कालिकोटको जितेगाडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप भुवाखोलमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएको बाजुरा प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटले लोकान्तरलाई जानकारी दिए ।
मृत्यु हुनेमा चालक कैलाटी टिकापूर नगरपालिका ४ का रमेश बोगटी र मुगु जिल्ला कट्याङ ६ का रामबहादुर शाही रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते हुँदा ४ जना गम्भीर घाइते भएका छन् । एक महिला र ७ महिने बालक भने सकुशल रहेको डीएसपी भाटले बताए ।