०९ साउन २०८३, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लिका तर्फबाट अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धी लगायतका अन्य सेवाहरू बैंकका शाखा कार्यालयहरूबाट उपाय सर्भिसेज लि मार्फत सहज तथा सरल रूपमा परामर्श प्राप्त गर्न सक्नेछन् । 

यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाहरूबाट ग्राहकहरूलाई यो सुविधाको थालनी गरेको बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्