१५ असार २०८३, सोमबार

जापान र दक्षिण कोरियाबीच विवाद चलिरहँदा एकजनाले गरे आत्मदाह

जापान र दक्षिण कोरियाबीच विवाद चलिरहँदा एकजनाले गरे आत्मदाह

काठमाडौं – एक वृद्ध दक्षिण कोरियालीले शुक्रवार सउलमा रहेको जापानी दूतावास बाहिर आत्मदाह गरेका छन् । 

दुई देशबीच युद्धका समयमा जापानले दक्षिण कोरियालीलाई जबर्जस्ती श्रममा लगाएकोमा दिनुपर्ने क्षतिपूर्तिका विषयमा विवाद चलिरहेको छ । 

यस विवादका कारण सउलको चिप र स्मार्टफोन उद्योगका लागि आवश्यक रसायनको निर्यातमा टोक्योे नियन्त्रण गरेको छ । 

७० वर्षतिरका व्यक्तिले आफ्नो गाडीभित्र आगो लगाए । उक्त गाडी दूतावास भवनअघि पार्क गरिएको थियो । उनको पछि उपचारका क्रममा मृत्यु भएको अधिकारीहरूले बताए । 

ती व्यक्तिले घरबाट जापानी दूतावास जाने क्रममा फोनमा एक परिचितसँग कुरा गरेका थिए । जापानविरुद्धको शत्रुताका कारण गाडीमा आगो लगाउने उनले फोनमा भनेको एक प्रहरीले अधिकारीले जानकारी दिए । ‘उनको

परिवारका सदस्यले पनि उनी जापानको युद्धकालीन दास रहेको बताउने गरेको जानकारी दिए,’ प्रहरीले बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्