काठमाडौं – चीनको दक्षिण भागमा रहेको दोनगुआन शहरमा एक महिलाले आफ्नो कार लगेर एउटा अफिसमा जोतेकी छन् । घटना असार २९ गते भएको हो ।
ती महिलाले एक्सलरेटरलाई ब्रेक भन्ठानेकी थिइन् र अनियन्त्रित गाडी अफिसमा लगेर ठोकेकी थिइन् ।
दुर्घटनामा एकजना व्यक्तिको हाड भाँचिएको छ भने अर्कालाई सानोतिनो चोटपटक लागेको छ ।
कार रोकिएपछि चालिका र अफिसका कर्मचारी भत्केका भित्ता र डेस्कबाट बाहिर निस्कन्छन् ।
सीजीटीएनबाट
2 injured as driver slams her car into S China office building pic.twitter.com/pgiBAGo7Y9
— CGTN (@CGTNOfficial) July 19, 2019