२४ जेठ २०८३, आइतबार

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगन गर्न माग

कात्तिक २०, २०७४
आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगन गर्न माग

काठमाडौँ, १३ चैत– रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा आगामी मंगलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गर्न ९ विद्यार्थी संगठनले माग गरेका छन् ।

सत्तारुढ दलका नौ विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भइरहेको र निर्वाचनमा सबै विद्यार्थी सङ्गठनको सहभागी हुने वातावरण नभएकाले हाल निर्वाचन स्थगन गरी नयाँ मिति तोक्न क्याम्पस प्रशासनसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले ‘विद्यार्थी संगठनहरुलाई बाहिर राखेर निर्वाचन गर्न थालिएकाले,’ स्थगन गर्नुपर्ने बताए ।

यसअघि फागुन २३ गते स्ववियु निर्वाचन स्थगन भएको थियो । सर्वोच्च अदालतले काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा निर्वाचन गर्न यही चैत २ गते अन्तरिम आदेश जारी गरेपछि क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले शनिबार सूचना प्रकाशन गरी मङ्गलबार नयाँ मिति तोकेका हुन् ।

अनेरास्ववियु (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले अदालतको आदेशभन्दा पनि विद्यार्थी सङ्गठनको सहमतिमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

आरआरमा नेपाल विद्यार्थी सङ्घ, अखिल (छैटौँ) र अखिल (पाँचौँ)ले मनोनयनपत्रसमेत दर्ता गराएका छैनन् । क्याम्पस प्रमुखले आज सूचना प्रकाशन गरी स्थगित निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराएका छन् ।

विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्