
‘सही पकडे हैं’ डाइलगबाट चर्चामा रहेकी ‘भाभीजी घर पर हैं’ टिभि सिरियलकी शिल्पा शिंदेले निर्माता सञ्जय कोहली माथि यौन तथा मानसिक उत्पीडनको आरोप लगाएकी छिन् ।
उनले पालघर जिल्लाको वाल्वी प्रहरी स्टेशनमा एक केस समेत दर्ता गरेकी छिन् । शिल्पा शिंदेले बीबीसीसँग भने,‘निर्माता सञ्जय कोहलीले म सँग मेरो ध्यान राख, म तिम्रो ध्यान राख्छु भनेका थिए र अंकमाल गर्ने बहानमा अनुचित स्थानमा छोएका छन् ।’

शिंदेले यौन उत्पीडनको केस एक सालपछि गर्नुको कारण बताउँदै आफू सात आठ महिनादेखि बिरामी भएको बताइन् । उनले आर्टिस्ट एसोसिएशनलाई यौन उत्पीडनको जानकारी दिएका थिइन् ।
उनले फिल्म उद्योगमा बलात्कार नहुने भन्दै अनुचित रुपमा छुने काम हुने गरेको बताइन् । तर निर्माताले भने शिल्पा शिंन्देको आरोप अस्विकार गरेका छन् ।