०५ असार २०८३, शुक्रबार

लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ असारीको किराँतचोकबाट शनिवार साँझ चार युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी पक्राउ पर्नेमा त्रिनपा–१३ का २२ वर्षीय रविन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र १४ वर्षीय प्रदीप सुर्खेती रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गोप्य सूचनाका आधारमा सादा पोशाकमा गएका प्रहरीले अभियुक्तहरूलाई लागूऔषधसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । पक्राउ गरिएका युवकबाट लागूऔषध फेनारगन २८ एम्पुल, लुपिजेसिक १८ एम्पुल, डाइजोल्याप, १८ एम्पुलसहित लागूऔषध प्रयोग गरिरहेको बेला रंगेहात पक्राउ गरिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्