०४ असार २०८३, बिहीबार

सहायक प्रशासक पौडेल पक्राउ

कात्तिक २०, २०७४
सहायक प्रशासक पौडेल पक्राउ


काठमाडौँ, १३ चैत - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान सूर्यविनायक शाखामा कार्यरत सहायक प्रशासक छत्रबहादुर पौडेललाई रु ५० हजार घुस लिँदालिँदै कार्यालय परिसरबाट पक्राउ गरेको छ ।arrested

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार पौडेलले गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि एक सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोग टोलीले आज पक्राउ गरेको हो ।

पक्राउ परेका सहायक प्रशासक पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्