एजेन्सी- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले वेस्ट इन्डिज भ्रमणका लागि आइतवार टीमको घोषणा गरेको छ ।
विराट कोहलीको कप्तानीमा भारतीय टीमले वेस्ट इन्डिजविरुद्ध तीन-तीन वानडे र टी-ट्वान्टी तथा दुई टेस्ट म्याच खेल्दैछ ।
यस भ्रमणमा भारतीय टीममा केही नयाँ अनुहारहरू पनि देखिने भएका छन् । वेस्ट इन्डिज भ्रमणमा युवा खेलाडी चाहरले टी-ट्वान्टीमा डेब्यूको अवसर पाउने भएका छन् । यदि उनले वेस्ट इन्डिजविरुद्ध खेल्ने मौका पाए उनी टी-ट्वान्टीमा डेब्यू गर्ने ८० औं भारतीय खेलाडी बन्नेछन् ।
सन् १९९२ अगस्ट ७ मा आगरामा जन्मिएका राहुल चाहर लेग ब्रेक गुग्ली बलिङ गर्छन् ।
उनी घरेलु क्रिकेटमा राजस्थानका लागि प्रतिनिधित्व गर्छन् । उनले भारतीय यू-१९, यू-२३ र भारत 'ए'का लागि खेलिसकेका छन् ।
२०१६-०१७ रणजी सीजनमा उनी फर्स्ट क्लास क्रिकेटमा उनले राजस्थानका लागि ५ नोभेम्बर २०१६ मा डेब्यू गरेका थिए ।
१९ वर्षको उमेरमा राहुललाई आईपीएल फ्रेन्चाइजी राइजिङ पुणे सुपरजाइन्ट्सले सन् २०१७ मा दश लाख भारूमा खरीद गरेको थियो । त्यसपछि राहुललाई सन् २०१८ मा मुम्बई इन्डियन्सले आफ्नो टीममा राखेपनि खेल्ने मौका पाएनन् ।
२०१८-०१९ सीजनमा विजय हजारे ट्रफीमा उनले आफ्नो टीम राजस्थानका लागि सबैभन्दा बढी विकेट लिएका थिए ।
उनले ९ खेलमा २० विकेट लिएका थिए ।
आईपीएलको १२ औं संस्करणमा उनले मुम्बईका लागि शानदार प्रदर्शन गरेका थिए । उनले कुल १३ खेलमा १३ विकेट लिएका थिए ।