
चितवन- प्रभु बैंक लिमिटेडले सोमवारदेखि चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा आफ्नो १८९औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीले उद्घाटन गरेका हुन् ।
बैंकको पर्सा शाखा कार्यालयको समुद्घाटन नगरप्रमुख लालमणी चौधरीले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा गुणस्तरीय अत्याधुनिक प्रविधि सहितको बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको, प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचको दायरा फराकिलो बनाउँदै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।
बैंकको पर्सा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको पर्सा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने रस्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा पर्सा शाखा कार्यालयको महत्वपूर्ण भुमिका रहने बैंकले विश्वास लिएको छ ।