१५ असार २०८३, सोमबार

के दिनेश कार्तिकको अन्तर्राष्ट्रिय करीयर खत्तम भएकै हो ?

के दिनेश कार्तिकको अन्तर्राष्ट्रिय करीयर खत्तम भएकै हो ?

एजेन्सी- आइतवार वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टीमको चयन भयो । वेस्ट इन्डिज भ्रमणका लागि तीनै फर्म्याटका लागि भारतीय टीमको घोषणा भएको थियो ।

टी-ट्वान्टी, एक दिवसीय र टेस्ट सिरिजका लागि विकेटकीपर ब्याट्स्‌म्यान खेलाडीमा ऋषभ पन्तलाई छानिएको छ । यससँगै एक अनुवभी विकेटकीपर ब्याट्स्‌म्यानको अन्तर्राष्ट्रिय करीयरमाथि ग्रहण लाग्ने भएको छ । 

मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा कप्तान विराट कोहली र चयनकर्ताबीच भएको बैठकपछि वेस्ट इन्डिज भ्रमणका लागि दिनेश कार्तिकलाई कुनै पनि फर्म्याटमा स्थान दिइएन । यसले के स्पष्ट पार्छ भने अब उनी अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छैनन् । यसका पछाडि केही कारणहरू छन् । सबैभन्दा ठूलो कारण हो- अन्तर्राष्ट्रिय स्तरमा उनको प्रदर्शन । उनी टीममा नपर्नुको अर्को कारण उमेर पनि हो । उनी ३४ वर्षको भइसकेका छन् ।

अनुभवी विकेटकीपर ब्याट्स्‌म्यान दिनेश कार्तिकले पनि अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने मौका पाएका थिए । तर उनले आफूलाई प्रमाणित गर्न सकेनन् । उनले हालै सम्पन्न विश्वकपमा पनि खासै राम्रो प्रदर्शन नगरेका कारण टीममा नपरेको बाहिरी हल्ला छ । उता ऋषभ पन्तले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाइसकेका छन् । 

 ऋषभ पन्तलाई क्रिकेटको तीनै फर्म्याटमा समावेश गरिएपछि दिनेश कार्तिकको देशका लागि अन्तर्राष्ट्रिय करीयर सकिएको क्रिकेटका जानकारहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्