
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्तालाई नियन्त्रण लिने, सुन तस्करमा संलग्नलाई कारवाही गरेको र ठेकेदार कारवाही गरेको उपलब्धि देखाउँदै प्रतिवेदन सार्वजनिक गरेका छन् ।
कार्यक्रममा गृह मन्त्रालयको कार्यक्षेत्र, मुख्य उपलब्धि, मुख्य समस्या र चुनौती आगामी कार्यदिशाबारे अन्तर्क्रिया गरेको थियो ।
अन्तर्क्रियामा बोल्दै गृहमन्त्री थापाले विप्लव समूहलाई वार्ता आउन आग्रह गरेका थिए । सडक, पुलका साथै अन्य भौतिक पूर्वाधार निमार्णको लागि ठेक्का लिएर ढिलासुस्ती गरेका १८ सय ठेकेदारलाई कारवाही गर्ने समेत बताएका थिए ।
के–के छन् गृहमन्त्री थापाका उपलब्धि ?प्रतिवेदनको पूर्णपाठ :-












