०९ असार २०८३, मंगलबार

प्रशान्त महासागरमा दुर्घटना हुनुअघिको विमानको भिडियो सार्वजनिक

प्रशान्त महासागरमा दुर्घटना हुनुअघिको विमानको भिडियो सार्वजनिक

काठमाडौं – पपुआ न्यु गिनीमा अवतरण गर्ने क्रममा प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको विमानको ककपिटको भिडियो फूटेज सार्वजनिक भएको छ । 

सन् २०१८ को सेप्टेम्बर महिनामा उक्त दुर्घटना भएको थियो र त्यसको भिडियो सोमवार सार्वजनिक गरिएको हो । 

उक्त दुर्घटनामा एकजना पुरुष यात्री मारिएका थिए भने अन्य नौजना घाइते भएका थिए । विमानमा रहेका ३४ यात्रीहरू वेनो टापुनजिक रहेको चूक लागूनबाट सुरक्षित उद्धार गरिएका थिए । 

धावनमार्गले चेतावनीको बत्ती बाल्दै विमान मास्तिर तान्न भनी अनेकौं सन्देश दिएको भए पनि पाइलटहरूले त्यसलाई बेवास्ता गरेको दुर्घटनाको अनुसन्धानका क्रममा खुलेको छ । 

अनुसन्धान प्रतिवेदनमा पाइलटहरूले पहिलेपहिले पनि विमानस्थलमा अवतरण गर्दा चेतावनीलाई बेवास्ता गर्ने गरेको उल्लेख गरिएको छ । 

तर यस दुर्घटनामा चाहिँ आँधी आएकाले पाइलटहरूले धावनमार्ग नदेखेको र पेलेर अघि बढ्न खोज्दा विपतको सामना गर्नुपरेको पाइएको छ । 

दुर्घटनाका लागि दोषारोपण गरिएको भए पनि पपुआ न्यु गिनीका पाइलट र अस्ट्रेलियाली कोपाइलटको नाम प्रतिवेदनमा सार्वजनिक गरिएको छैन । 

MORE VIDEOS 123

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्