१० असार २०८३, बुधबार

चीनसँगको सम्बन्ध सुधारको कसरतमा प्रधानमन्त्री दाहाल

कात्तिक २०, २०७४
चीनसँगको सम्बन्ध सुधारको कसरतमा प्रधानमन्त्री दाहाल
काठमाडौं, १४ चैत-साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको सम्बन्ध सुधारको कसरत गरिरहेका छन् । पछिल्लो समय चीनसँग व्यापार तथा पारवहन सन्धिलगायतका राष्ट्रिय महत्वका सन्धि सम्झौता गरेर राष्ट्रवादीको छवि बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलाएर कांग्रेसलाई साथमा लिई प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूमाथि लागेको ‘भारत परस्त’ छविलाई समेत मेटाउने प्रयास गरेका छन्, राजधानीमा खबर छ ।pm off to china


भारतको इसारामा ओली नेतृत्वको सरकार ढलाएको र भारत परस्त भएको चिनियाँ आशंका रहेको छ । सरकार गठन भएको आठ महिनासम्म समेत अघिल्लो सरकारले गरेको पारवहन सन्धि र चीनले अगाडि सारेको वान बेल्ट वान रोड परियोजनालाई अगाडि बढाउन खासै पहल नभएको चिनियाँ बुझाइ छ । त्यसलाई चिर्न चीनमा भएका कार्यक्रममा प्रधानमन्त्री दाहालले धेरै शब्द खर्चिएका छन् । चीनको हेनान प्रान्तमा आयोजित बोआओ सम्मेलनमा सहभागी हुन पुगेका दाहालले सम्मेलनको उद्घाटनमा चीनको प्रशंसा गर्दै यसअघि भएका सन्धि सम्झौताको कार्यान्वयनमा प्रतिबद्धता जनाएका थिए ।

आइतबार बेइजिङमा आयोजित अर्को कार्यक्रममा पनि सोही कुरा दोहो¥याए । कार्यक्रममा उनले नेपालको विकासमा चीन भरोसा योग्य साथी भएको भन्दै नेपालमा सरकार परिवर्तन भए पनि नेपाल र चीनबीचको सम्बन्ध परिवर्तन नहुने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्