१० असार २०८३, बुधबार

शेयर बजारमा हुनुहुन्छ ? यी कम्पनीको हकप्रद भर्न छुट्यो कि ?

कात्तिक २०, २०७४
शेयर बजारमा हुनुहुन्छ ? यी कम्पनीको हकप्रद भर्न छुट्यो कि ?
काठमाडौैं, १४ चैत - आफूले वर्षौंदेखि पालेको कम्पनीले जारी गरेको हकप्रद शेयर कुनैबेला निकै राम्रो अवसर हुन सक्छ भने कुनै बेला घाँडो हुन्छ । बोनस र क्यास दिने बेलामा हकप्रद दियो भने त्यो सेतो हात्ति बराबरनै हुन्छ । तर शेयर बजारमा कहिलेकाहीँ आफ्नो लगानी रहेका राम्रा कम्पनीको हकप्रद पनि आइरहेको हुन्छ ।

यो बीचमा नको इन्स्योरेन्स, कैलास विकास बैंक, भार्गव विकास बैंक, डिप्रोक्स लघुवित्त, कुमारी बैंक, मिसन डेभलपमेन्ट, प्रभु इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंकले हकप्रद शेयर खुलाएका छन् । यी कम्पनीमा केही कम्पनी राम्रा कम्पनी पनि हुन सक्छन् । त्यसैले बेलामा हकप्रद शेयर भरेर ढुक्क भएमा सुरक्षित हुन सकिन्छ ।

बजार मुल्य ५ सय देखि १००० सम्म भएका कम्पनीले एक सयमै दिएको हकप्रद भर्दा राम्रै हुन्छ । हकप्रद पछि मुल्य एडजस्टमेन्ट हुुँदा पनि मुल्य एक सय भन्दा धेरै माथि हुन्छ ।

नकोले शतप्रतिशत हकप्रद खुलाएको थियो । हकप्रद भर्ने समय बन्द भइसकेको छ । कैलाशले पाँच बराबर एकको अनुपातमा दिएको थियो । उसको पनि चैत १० बाट बन्द भएको छ ।

भार्गवले शत प्रतिशत नै खुलाएको छ । सो बैंकमा भर्ने मिति चैत २८ सम्म रहेको छ । डिप्रोक्सले पनि शत प्रतिशत खुलाएको छ । यसको हकप्रद पनि चैत २८ गते सम्म भर्न सकिन्छ । भार्गवले एनएमबी क्यापिटल र डिप्रोक्सले नविल क्यापिटललाई विक्रि प्रबन्धकमा राखेका छन् ।

कुमारी बैंकले पचास प्रतिशत खुलाएको छ । सिद्धार्थ क्यापिटल मार्फत वैशाख १० गते सम्म हकप्रद भर्न सकिन्छ । मिसनले शतप्रतिशतनै खुलाएको छ । वैशाख ६ गते सम्म भिभोर क्यापिटलबाट भर्न सकिन्छ ।

प्रभुले खुलाएको ५० प्रतिशत बन्द भइसकेको छ । नेपाल बंगलादेश बैंकले १० बराबर ८ को अनुपातमा खुलाएको छ । सिटीजन्स बैंकले २० बराबर पाँच कित्ता दिएको छ । सानिमा क्यापिटल मार्फत वैशाख २७ गते सम्म सो हकप्रद भर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्