
जापान-जापानको टोेकियो नजिक स्कुले विद्यार्थी बसेको रिसोर्ट हिमपहिरोमा पुरिँदा थुप्रै विद्यार्थी बेपत्ता भएका छन् । घटनामा दर्जनौं घाइते भएका छन् ।
टोकियोको उत्तरी क्षेत्रको तोचिगिको नासु क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न सात विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको जापान टूडेले जनाएको छ ।
घटना टोकियो भन्दा १२० किलोमिटर परको क्षेत्रमा पहिरोले पुरिएका हुन् ।