काठमाडौं, १४ चैत – गायक रामकृष्ण ढकालको एकल साँझ हुने भएको छ । विन्ध्यवासिनी म्युजिकले ढकालको एकल साँझको व्यवस्था मिलाएको हो ।
आउँदो चैत १८ गते हुन लागेको ‘रामकृष्ण ढकाल एकल साँझ – २०७३’ राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जनाइएको छ । कार्यक्रम अपरान्ह साढे ३ बजेदेखि सुरु हुनेछ ।
विन्ध्यबासिनी फाउण्डेसनको सहयोगार्थ हुन लागेको कार्यक्रममा ढकालले २ दर्जन गीत गाउनेछन् । गायिका देविका बन्दना र जुना प्रसाईले पनि ढकाललाई साथ दिनेछन् ।
