१० असार २०८३, बुधबार

बालुवाटारमा नेकपा सचिवालय बैठक, स्कूल विभागको जिम्मा कसलाई ?

बालुवाटारमा नेकपा सचिवालय बैठक, स्कूल विभागको जिम्मा कसलाई ?

काठमाडौं – पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीका विभागको जिम्मेवारी बाँडफाँड गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ । 

पार्टीभित्र विवादको विषय बनेको स्कूल विभागको जिम्मा कसलाई दिने भन्ने विषयमा निर्णय लिन सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको हो । 

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका ९ जना सदस्य नै उपस्थित छन् । 

स्कूल विभागको जिम्मा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेललाई दिने कि नारायणकाजी श्रेष्ठलाई दिने भन्ने विवादका कारण नेकपा अनिर्णित छ । स्थायी समिति सदस्य घनश्याम भुसाल र बेदुराम भुसालले समेत विभागको नेतृत्वमा दाबी गरेका छन् । 

सहमति नभए अध्यक्षद्वयले नै विभागको जिम्मेवारी आफूहरूसँगै राख्ने गरी सहमतिको प्रयास भएको नेकपा स्रोतले जानकारी दियो । संगठन विभाग भने वामदेव गौतमलाई दिने यसअघि नै सहमति भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्