
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।
बोर्डले सोमवार साँझ गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा प्रकाशित गरेको हो ।
कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागीको भएको परीक्षामा ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना छ ।