०७ असार २०८३, आइतबार

थरुहटको टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक

साउन १३, २०७६
थरुहटको टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक

धनगढी - थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक गरेको छ ।

सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले सोमबार एक विज्ञप्ती जारी गर्दै भदौ ७, ८ र ९ गते हुने सो सम्मेलनको तालिका सार्वजनिक गरेका हुन् ।

उनका अनुसार सम्मेलन टीकापुर नगरपालिकास्थित सिटी हलको प्रांगणमा हुने भएको हो । भदौ ७ गतेदेखि सुरु हुने सम्मेलनको दोस्रो दिन भदौ ८ गते थरुहट आन्दोलन, टीकापुर घटनालगायतवारे बहस छलफल हुने जनाइएको छ ।

भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै समापन हुने सो विज्ञप्तीमा उल्लेख छ । यसैबीच सम्मेलनलाई व्यवस्थापन गर्न विभिन्न उपसमिति समेत गठन गरिएको संयोजक चौधरीले जानकारी दिए ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।

त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएकै अवस्थामा थारु समुदायका करिब ८० घर, पसल र एफएममा छानीछानी आगजनी गरिएको थियो ।

टीकापुर घटना दुखद भएको बताउँदै थरुहट नेताहरुले आफुुहरुको राजनीतिक अधिकारलाई राज्यले दबाउँदै आएको बताउँदै आएका छन् । थरुहट यूवा नेता माधव चौधरीले टीकापुरको सामाजिक सद्भावलाई थप मजबुत बनाउने उदेश्यले सम्मेलनको आयोजना गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्