
काठमाडौं – पाकिस्तानको जी–टीभी न्युज रिपोर्टर अजदार हुसेनले बाढीको पानीमा घाँटीसम्म डुबेर लाइभ रिपोर्टिङ गरेका छन् । उनको उक्त रिपोर्टिङ भाइरल भएको छ ।
पञ्जाब प्रान्तमा रहेको सिन्ध नदीमा आएको बाढीका बारेमा उनले रिपोर्टिङ गरेका थिए । फोहोरी पानीमाथि उनको टाउको र एक हातले माइक्रोफोन समातेको मात्र देख्न सकिन्छ । बाढीले उक्त क्षेत्रको कृषियोग्य क्षेत्रमा कस्तो असर पारेको छ भन्ने कुरा उनले रिपोर्टिङका क्रममा बताएका थिए ।
हुसेनलाई यति गहिराइमा गएर रिपोर्टिङ गरेकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसा गरे । यसका लागि उनले पुलिट्जर पुरस्कार पाउनुपर्ने केहीको मत थियो । तर अन्यले भने यस्तो अतिवादी काम गरेकोमा उनको मानसिक अवस्थामाथि प्रश्न उठाए ।
एजेन्सी