०१ असार २०८३, सोमबार

छोराभन्दा पनि जवान आमा !

छोराभन्दा पनि जवान आमा !

काठमाडौं – अमेरिकाको लस एन्जिलिसमा बस्ने २२ वर्षीय एक व्यक्तिले आफ्नी आमाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनका फलोअरहरू छक्क परेका छन् । 

जोनाथन न्गुयेनले ती तस्वीर फेसबूकमा अप्लोड गर्दै आमाले खानपिन र व्यायामका कारण अझैसम्म जवान रूपमा देखिन सकेको लेखे । 

जोनाथनका फलोअरहरू स्तब्ध भए अनि तस्वीरमा देखिएकी महिला उनको बहिनी वा प्रेमिका भएको भन्ठाने । 

धेरैजसोले लेखे, ‘तिम्री आमा त बहिनी जस्ती देखिन्छिन् । के हो रहस्य ?’

यो पोस्टमा १४ हजारभन्दा बढी लाइक आइसकेको छ र लगभग ८ हजार कमेन्ट पनि छ । 

जोनाथनले आमाको जवानीको रहस्य खोल्दै टन्न फलफूल खाने र दिनदिनै व्यायाम गर्ने हुँदा आमा सुन्दर देखिएको लेखे । ‘उहाँ दिनदिनै व्यायाम गर्नुहुन्छ र कुनै पनि प्रशोधन नगरिएको खानेकुरा खानुहुन्छ,’ उनले भने ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्