०१ असार २०८३, सोमबार

चालू खर्च कटौतीमाथि कर्णालीका मन्त्रीको व्यंग्य - 'चालू खर्चले भवन बन्दैन !'

साउन १५, २०७६
चालू खर्च कटौतीमाथि कर्णालीका मन्त्रीको व्यंग्य - 'चालू खर्चले भवन बन्दैन !'

सुर्खेत- कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७का लागि ३४ अर्ब भन्दा बढीको बजेट गत असार १ गते ल्यायो । झण्डै १३ अर्ब चालू खर्च सरकारले ल्याएको बताउँदै सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी नेकपाकै सांसदहरुले चर्को आलोचना गरे ।

सामाजिक विकास मन्त्रालयलगायत अन्य मन्त्रालयले चालू खर्च बढाएको बताउँदै बजेट संशोधन गर्नुपर्ने र चालू खर्च घटाउनुपर्ने भन्ने चर्को आवाज उठ्यो । फलस्वरुप सरकार चालू खर्च कम गर्ने निष्कर्षमा पुग्यो र बजेट पारीत भयो । बजेट पारीत गर्दा जर्बजस्ती चालू खर्च घटाउन लगाइएको प्रति कर्णालीका मन्त्री सन्तुष्ट नरहेको बुधबार एक कार्यक्रममा प्रष्ट देख्खियो ।

एभरेष्ट क्लब दैलेखले अक्सफामको सहयोगमा महिला तथा बालबालिका माथि हुने हिंसा अन्त्यका लागि महिलाको नेतृत्वदायी भूमिका सम्वन्धी अनुसन्धानको निष्कर्ष सम्प्रेषणका साथै अक्सफाम नेपालको राष्ट्रिय नीति सन् २०२० देखि २०२५ निर्माणधिन अवस्थामा रहेकाले प्रदेश स्तरीय सरोकारवाला निकायहरुबाट सल्लाह सुझाव संकलन कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावललेसँगै रहेका १० जना प्रदेश सभा सदस्यलाई हेर्दै व्यंग्य गरे, ‘चालू खर्चले भवन बन्दैन, चालू खर्चबाटै सचेतनामूलक अभियान सञ्चालन हुन्छन् ।’

उनले यसो भनिरहँदा प्रदेश सभा सदस्य भने मुखमुख गर्न थाले । चालू खर्च घटाउनुपर्ने भन्दै सदनमा चर्को आवाज राख्ने प्रदेश सभा सदस्य बद्यीक्वारी बोहोरा संगै बसेकी अर्की प्रदेश सभा सदस्य कृष्णा शाहतिर हेर्दे मुस्कुराईन । ‘कर्णाली प्रदेशमा महिला हिंसा छ, बालबविवाह व्याप्त छ,'  मन्त्री रावलले भने, ‘म एकै वर्षमा सबै समस्या समाधान गर्न चाहन्थें तर जनचेतना अभिवृद्धि नगरिकन र महिला, दलित तथा पिछडिएका समुदायलाई आर्थिक रुपमा सबल नबनाएसम्म सकिदो रहेनछ ।’

उनले समाजका आपराधिक कुरीतिलाई समापन गर्न जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । ‘जनचेतनामूलक कार्यक्रम गर्न चालू खर्च नै चाहिन्छ । चालू खर्चबाट भवन बनाउन सकिदैन । समाजको जनचेतना अभिवृद्धि गर्न चालू खर्चको आवश्यकता पर्छ ।’

संसदमा चालू खर्च कटौती गर्न दबाब दिइएको प्रति लक्षित गर्दै मन्त्री रावलले भने, ‘समाजको विकास गर्नु सबैभन्दा ठूलो कुरा हो । भवन बनाउनु र बाटो बनाउनु मात्रै विकास होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’ महिला हिंसा भयावह सामाजिक संघसंस्थामा काम गरेर लामो अनुभव संगालेका मन्त्री रावलले आफ्नो अनुभव सुनाए ।

‘एक ठाउँमा यस्तै तालिम दिन गइयो । तालिममा दिउँसो रमाइलो गर्ने समय भयो । कार्यक्रममा एक दिदिले देउडा गीत गाउनुभयो । देउडा गाएको खबर उनका श्रीमानले सुन्नु भएछ । अर्को दिन उहाँ तालिममा आउनु भएन । बरु उनका श्रीमान आए र भने दिनभरी देउडा गाउन लगाउने, अर्काको जोइ लिने भनेर उनका श्रीमानले हामीसँग विवाद गरे । मैले दुइ घण्टा लगाएर काउन्सिलिंग गरें । बल्ल बल्ल उहाँले कुरा मानेजस्तो गर्नुभयो ।’

मन्त्री रावलले कर्णाली प्रदेशका १० ओटै जिल्लामा महिला हिंसा व्यापक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्