१५ असार २०८३, सोमबार

मोटरसाइकलले ठक्कर दिएर फरार चालक ९ घण्टापछि पक्राउ, महिलाको मृत्यु

साउन १६, २०७६
मोटरसाइकलले ठक्कर दिएर फरार चालक ९ घण्टापछि पक्राउ, महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

सुर्खेत – जिल्लाको वीरेन्द्रनगर–६ पुरानो बसपार्कनजिक महिलालाई मोटरसाइकलले ठक्कर दिएर फरार हुने चालकलाई प्रहरीले ९ घण्टापछि पक्राउ गरेको छ ।

दुर्घटनाका क्रममा पहिचान नखुलेको मोटरसाइकल र चालकलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । बुधवार दिउँसो भएको दुर्घटनामा वीरेन्द्रनगर–९ की काली नेपालीको मृत्यु भएको छ ।

स्पष्ट पहिचान नखुलेको १५० सीसीको निलो रंगको पल्सर मोटरसाइकलले ठक्करबाट घाइते भएकी नेपालीको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

बुधवार दिउँसो १२ः२० बजे ६५ वर्षीया काली नेपालीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट महिलाको टाउकोमा चोट लागेको थियो भने अवस्था गम्भीर भएकाले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले लोकान्तरलाई जानकारी दिए । 

दुर्घटनालगत्तै प्रहरीले सबै नाकामा चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैतिर नाकाबन्दी गरेपछि प्रहरीले सबैभन्दा पहिले सीसीटीभी फुटेज हेर्‍यो । सीसीटीभी फुटेजकै आधारमा प्रहरीले मोटरसाइकल नम्बर भे८प८१६० नम्बर रहेको पत्ता लगायो । डीएसपी क्षेत्री भन्छन्, ‘मोटरसाइकल पत्ता लगाउन हामीलाई ९ घण्टा लाग्यो । राति वीरेन्द्रनगर–५ बस्ने गगन गुरुङलाई मोटरसाइकलसहित घरबाटै समात्न सफल भयौं ।’

मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्