
काठमाडौं – अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
हम्जा बिन लादेनको मृत्युको स्थान र मिति चाहिँ खुलाइएको छैन ।
फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी लुकेको ठाउँको खबर दिनेलाई १० लाख डलर पुरस्कारको व्यवस्था गरेको थियो ।
हम्जाको उमेर लगभग ३० वर्ष रहेको मानिएको छ । उनले अडियो र भिडियो सन्देश सार्वजनिक गर्दै अमेरिका तथा अन्य मुलुकमासथ आक्रमणको आह्वान गर्ने गर्थे ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसमाथि टिप्प्णी गर्न अस्वीकार गरे । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले पनि यसमा प्रतिक्रिया जनाएनन् ।
हम्जाले जिहादीहरूलाई आफ्नो बुवाको हत्याको बदला लिन आग्रह गरेका थिए ।
उनले अरबी प्रायद्वीपका मानिसलाई विद्रोह गर्न समेत आह्वान गरेका थिए । साउदी अरबले मार्च महिनामा उनको नागरिकता खोसेको थियो ।
उनी इरानमा घरैमा नजरबन्दमा राखिएको खबर पनि आएको थियो । तर अन्य खबरमा उनी अफगानिस्तान, पाकिस्तान वा सिरियामा बसेको बताइएको छ ।
बीबीसीबाट