
काठमाडौं – चेक गणतन्त्रमा पुलमाथि गुडिरहेको ट्रेनमा अत्यधिक भारका कारण डब्बाहरू पल्टिएको नाटकीय क्षण ड्रोन क्यामराले क्याप्चर गरेको छ ।
ट्रेनका डब्बाहरूमा रहेका सरसामान खसेको अनि सेतो धूवाँ उठेको देखिन्छ ।
१६ वटा डब्बाहरूमा चुन थियो र ट्रेनका दुईवटा इन्जिन थिए । घटनामा एक व्यक्ति घाइते भएको अग्निनियन्त्रक सेवाले जनायो ।
ट्रेनचालकले गडबडी देखेपछि तत्कालै ट्रेन रोकेका थिए ।
गाउँमा भएको यो घटनापछि हावा धूवाँले भरिएको थियो ।
ट्रेनको भार बढी भएपछि चुन वरिपरिको क्षेत्रमा मिल्किएको भिडियोमा देखिन्छ ।
एजेन्सी