०९ साउन २०८३, शनिबार

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

कात्तिक २०, २०७४
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, १४ चैत– बङलादेशमा आजबाट सुरु भएको एसीसी इमर्जिङ नेशन्स कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट लिए भने सन्दिप लामिछानेले पनि २ विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८० रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए भने शरद भेषावकरले ३८ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रनको योगदान दिए भने दिपेन्द्रसिंह ऐरी २९ बलमा १४ रन बनाएर आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल भने २ रन मात्रै बनाएर आउट भए ।

पाकिस्तानका लागि गुलाम मदस्सरले सर्वाधिक ५ विकेट लिए भने ओसम मिरले २ तथा जाफर गोहर र बिलाल असिफले १–१ विकेट लिए ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोली (मंगलबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्