२८ असार २०८३, आइतबार

दलहरूबीच सहमति नभएपछि संसद् बैठक सूचनामार्फत् २० गतेसम्म स्थगित

दलहरूबीच सहमति नभएपछि संसद् बैठक सूचनामार्फत् २० गतेसम्म स्थगित

काठमाडौं– संसद्को गतिरोध हटाउन भएको प्रयास सफल नभएपछि बिहीवार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ ।

संसद्‍मा जारी गतिरोध हटाउन सभामुख कृष्णबहादुर महराको पहलमा भएको सर्वदलीय बैठकमा कांग्रेस र राजपाले संसदीय समिति गठनको अडान कायम राखेका थिए ।

नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु तथा ठेकेदारले खनेको खाल्डोमा डुबेर बालकको मृत्युको विरोधमा भएको प्रदर्शनमा प्रहरीबाट सरोजनारायण सिंहको मृत्यु सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेस र राजापाले लामो समयदेखि संसद् अवरोध गर्दै आएका छन् ।

हेर्नुहोस्, सूचना:

salt training

कमेन्ट गर्नुहोस्