
इलाम – ६ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–५ का २९ वर्षीय सचिन रसाइली रहेका छन् ।
रसाइलीले विक्रम संवत् २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै नौ वर्ष काराबासको फैसला सुनाएको थियो ।
अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो । रसाइली पक्राउ परेसँगै बिहीवारै कारागार चलान गरिसकिएको छ ।