१८ असार २०८३, बिहीबार

विवादित कश्मीर मुद्दामा डोनाल्ड ट्रम्पको अर्काे बयान, भारतद्वारा अस्वीकार

साउन १७, २०७६
विवादित कश्मीर मुद्दामा डोनाल्ड ट्रम्पको अर्काे बयान, भारतद्वारा अस्वीकार
फाइल फोटो

काठमाडौं – भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरमा रहेको विवादबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे बयान दिएका छन् ।

केही दिनअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणका क्रममा समेत ट्रम्पले कश्मीर मुद्दामा अमेरिकाले मध्यस्थता गर्न सक्ने बताएका थिए ।

ट्रम्पले फेरि विवादित विषयको समाधानका लागि भारत–पाकिस्ताबीच अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार ट्रम्पले मध्यस्थताको कुरालाई दोहोर्‍याएका छन् ।

ट्रम्पको भनाई उदृत गर्दै आजतकको समाचारमा लेखिएको छ, ‘मध्यस्थताको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तय गर्नुपर्ने छ । मैले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग कुरा गरेको छु । मलाई लाग्छ कि यसमा दुवै देश एक ठाउँमा आउनुपर्छ ।’ भारतले चाहेमा अमेरिकाले मध्यस्थता गर्न सक्ने ट्रम्पले बताएका छन् । 

भारतले भने ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्ने गरेको छ । विदेशमन्त्री एस जयशंकरले संसदका दुवै सदनमा सम्बोधन गर्दै भनेका थिए, ‘भारत स्पष्ट छ कि कश्मीर मुद्दा दुई देशको मुद्दा हो । यसमा अरु कसैको मध्यस्थताका विषयमा प्रधानमन्त्री मोदीले कुनै कुराकानी गर्नुभएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्