
काठमाडौं – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मनमा लागेको कुरा फ्याट्टै भनिदिने गरेका छन् ।
उनले हालै एक सिनेटरमाथि शाब्दिक आक्रमण गर्दै ‘उनी विपतबाट एक पाद मात्र टाढा रहेको’ बताएका छन् ।
आफूलाई आलोचना गर्ने सिनेटर डिक गोर्डनलाई अपमान गर्दै डुटेर्टेले गोर्डनको तौलको मजाक उडाए ।
डुटेर्टेले भने, ‘मेरो दिमाग मेरै टाउकोमा छ । डिक, तिम्रो दिमाग पग्लिरहेको छ र तिम्रो पेटमा पुगेको छ ।’
डुटेर्टेले गोर्डन ‘पेन्गुइन जसरी हिँड्ने’, ‘मूर्ख’ र ‘वास्तविक फिलिपिनो नभएको’ बताएका थिए । गोर्डनका पिता अर्धअमेरिकी यहुदी हुन्
डुटेर्टेले बिहीवार ब्यूरो अफ फायर प्रोटेक्सनमा बोल्ने क्रममा गोर्डनमाथि आक्रमण गरेका हुन् ।
उनले भने, ‘तिमी पादबाट एक कदम मात्र टाढा छौं । तिम्रो शरीर एम्बुलेन्समा अटाउँदैन । तिमीहरूको दमकलमा उसलाई राख ।’
सिनेटर गोर्डनले सरकारको उच्च पदमा अनेकौं प्रहरी र सैन्य अधिकारीको ‘खतरनाक’ नियुक्तिमाथि प्रश्न उठाएकाले डुटेर्टे उनीमाथि भड्किएका हुन् ।
एजेन्सी