१२ असार २०८३, शुक्रबार

विप्लव समूहका नेता पक्राउ

विप्लव समूहका नेता पक्राउ
प्रतिकात्मक तस्वीर

गलकोट – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आइतवार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको हो । 

बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिवार निवासबाटै पक्राउ गरेको थियो । आइतवार मात्र जिल्ला सदरमुकाम ल्याएर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्यादसमेत थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले बताए ।

गत साउन १६ गते राति सरकारद्वारा प्रतिबन्धित चन्द समूहले बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी आशंकामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धानका लागि कुँवरको मोबाइल फोन काठमाडौंमा पठाइएको छ भने कुँवरलाई राज्य कसूर विरुद्धको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्