०५ असार २०८३, शुक्रबार

प्रहरी हिरासतबाटै थुनुवा फरार

प्रहरी हिरासतबाटै थुनुवा फरार
प्रतिकात्मक तस्वीर

सुरुङ्गा – लागूऔषधसहित पक्राउ परेका १ व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् ।

अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् ।

बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतवार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो ।

बिर्तामोडस्थित कनकाई अस्पताल पुर्‍याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘लागूऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पुर्‍याइएकामा त्यहाँबाटै भागेछ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘उनकोे खोजीकार्य शुरू गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्