०९ असार २०८३, मंगलबार

विश्व प्रसिद्ध बडवेएजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै

विश्व प्रसिद्ध बडवेएजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै

काठमाडौं – राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन र बोतल बनाउने सम्बन्धमा एक विशेष साझेदार सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो ।

ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै  अभिन्न हिस्सा बनाएका छन् ।

अब यस क्षेत्रले चाँडै नै एबि इनबेभका स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त  ब्राण्डहरु जस्तैः बडवेएजर, बडवेएजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन पाउनु हुनेछ ।  

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा  अनवरत रुपमा बजारमा म्ख्य आधिपत्य कायम गर्दै आएको छ ।

जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका छन्, ती उत्पादनहरु पर्दछन् ।     

एबि इनबेभ, जसको प्रधान कार्यालय ल्यूभान, बेल्जियममा रहेको छ, विश्वको करिब ५० भन्दा बढी देशहरु र आफ्ना ५०० भन्दा ज्यादा विविध प्रकारका ब्राण्डहरुका साथ यसको उपस्थिति रहेको छ । 

ब्राण्ड फाइनान्सका अनुसार बडवेएजर बियर विश्वको सर्वाधिक मुल्यवान् बियर ब्राण्ड हो र यो लगायत बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहमा ब्राण्ड पनि चर्चित रहेका छन् । यस्तो सूचीमा परेका अन्य ब्राण्डहरुमा स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन हुन् ।

बडवेएजर, द किङ्ग अफ बियर्स विश्वका केही प्रमुख खेल सम्बद्ध कार्यक्रमहरुको प्रायोजक पनि हो, यस्ता खेल समारोहहरुका फिफा विश्व कप र यस वर्षदेखि इङ्गलिस प्रिमियर लिग र ला लिगाको पनि प्रायोजन गरेको छ । यसैगरी ब्राण्ड विश्वव्यापी र स्थानीय दुवै प्रकारका साँगीतिक समारोहहरु जस्तै टुमारोल्याण्ड, म्याग्नेटिक फिल्ड्स, सुपरसोनिक र यसको आफ्नै आइपि, बियुडिएक्स, जसले उदयमान प्रतिभा र युवाहरुलाई सशक्तिकरण एवं प्रोत्साहित गर्दछ यी संस्थासँग साझेदारी गरेर संगीत संस्कृतिको सम्वद्र्धन प्रवद्र्धनमा अग्रगामी भूमिका निर्वाह गर्न पनि अग्रसर रहँदै आएको छ ।

ब्राण्डले आफ्नो बियुडिएक्स स्ट्रिट र हफवेएजर जस्ता सबैसँग छान्ने संग्रहका लागि भेजननभेज, ह्यूम््न्, नर ब्ल्याक नर ह्वाइट, हानिफ कुरेसि र बक्स आउट एफएम जस्ता सांस्कृतिक अगुवाहरुसँग मिलेर बढ्दो सडक संस्कृति समुदायसँग संलग्न रहिरहने लक्ष्यका साथ स्ट्रिट फेसनमा पनि आफ्नो धावा बोलेको छ । एबि इनबेभसँगको विशेष सहकार्यमार्फत् राज ब्रुअरीले यस क्षेत्रका बियर पारखीहरुलाई आधिकारिक र प्रिमियम बडवेएजरको विशिष्ट अनुभूति दिलाउने उद्देश्य राखेको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले आफ्नो मन्तव्य राख्दै भने, ‘हामी हाम्रा उपभोक्ताहरुलाई विश्व मै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम गर्न कटिबद्ध छौं । एबि इनबेभसँगको यो सहकार्य हाम्रो लागि अत्यन्त गर्वको विषय हो र यसले हामीलाई बजारमा हाम्रो व्यापारिक पदचिन्हलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने ठानेका छौं ।’

 जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अझ अगाडि भने, ‘हामीले हाम्रा विश्वव्यापी उद्योगी साझेदारहरुद्वारा मान्यता प्रदान गरिएको आयातित उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरेर विश्वको अत्युत्तम बियरहरु उत्पादन गर्ने क्षमताका साथ नेपालमा अत्याधुनिक प्रविधिजन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बियर उत्पादन गर्ने इतिहास रचेका छौं । वार्सटेनर र एबि इनबेभसँगको हाम्रो आबद्धता र ट्रेडमार्क अनुमतिहरुले हाम्रा उपभोक्ताहरुमाझ उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउन हामीले आफ्नैलागि कायम गरेको उच्चतम मानकहरुलाई प्रतिबिम्बित गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्