०७ असार २०८३, आइतबार

सडकमा लेदो थुप्रिँदा पृथ्वी राजमार्ग अवरुद्ध

सडकमा लेदो थुप्रिँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ – पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका वडा नं ८ चारकिलोस्थित  राजमार्गमा आएको लेदोले सवारी साधन  अवरुद्ध बनाएकोे छ । 

ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ । 

यसैगरी सोही राजमार्गको चारकिलोमा ना५ख ६६०५ नं को ट्रकले सडक छेउमा रहेको बिजुलीको खम्बामा ठक्कर दिँदा त्यहाँ रहेको दुई वटा खम्बा ढलेकाले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

खम्बा ढलेपछि सो स्थानमा एकतर्फी सवारीसाधान सञ्चालन गरिएको छ । 

कमेन्ट गर्नुहोस्